इन्डोनेसियामा रहेका फुटबल खेलाडी रोहित चन्द स्वदेश फिर्ता

काठमाडौं । इन्डोनेसियाको लिग–वान फुटबल कोरोना भाइरसका कारण अनिश्चित बनेपछि रोहित चन्द स्वदेश फर्किएका छन ।
रोहित गत शुक्रबार मलेसिया हुँदै नेपाल फर्किएका हुन् । त्यसअघि उनी इन्डोनेसियाबाट मलेसिया आएका थिए । करिब साँढे २ महिना इन्डोनेसियामा एक्लै बसेको रोहितले लिग अझै कहिले सुरू हुने भन्ने एकिन नभएपछि घर फर्किएको बताए ।
नेपाल आउनुअघि उनले पिसिआर परीक्षण गराएका थिए जसमा उनको परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।
रोहित अहिले घरमै १४ दिनको सेल्फ क्वारेन्टिनमा रहेका छन । इन्डोनेसियन क्लव पर्सिजा जाकर्ताबाट खेल्ने रोहित फुटबल नहुँदा कठिन भएको बताएका थिए । उनले लामो समयको पर्खाइ पछि स्वदेश फर्किन पाएका हुन ।
कोरोनाका कारण इन्डोनेसियन लिग फेब्रुअरीमा तीन चरणका खेल नसकिदै स्थगित भएको थियो । जसमा रोहितको टिमले मात्र २ खेल खेलेको थियो । जसमा एकमा जित र एकमा हार बेहोरेको थियो ।
Facebook Comment