विश्वकप छनोट : नेपाल र थाइल्याण्डबीच खेल शुरु, ब्याटिंग गर्दै नेपाल (लाईभ भिडियो सहित)
काठमाडौं । टी ट्वान्टी विश्व कप छनोट अन्तर्गतको एसिया बीको छनोट प्रतियोगिता हाल मलेसियामा भइरहेको छ।
आइतबार लगातार दुई खेल जितेर तेस्रो स्थानमा रहेको नेपाल र अंका तालिकामा दोस्रो स्थानमा रहेको थाइल्याण्डबीच खेल शुरु भएको छ। मलेसियाको वायुमास ओभल मैदानमा थाइल्याण्डले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएको छ।
नेपालका लागि विनोद भण्डारी र अनिल शाहले इनिंग शुरुवात गरेका छन्। थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो। महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गरिसकेको छ । तर, पुरुष टोलीले भने दोस्रो पटक खेल्न लागेका हुन्।
यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएको थियो । तर, वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो। जारी छनोटमा थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ। थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ। २ खेलबाट नेपालले ४ अंक जोडेको छ। नेपाल तेस्रो स्थानमा छ। २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ।
नेपालले थाइल्याण्डपछि मंगलबार भुटानसंग प्रतिस्पर्धा गर्दा बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ। छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन्। एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन्। एसिया छनोटमा ७ टोलीले खेल्नेछन्।
अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म हुनेछ। जसमा १६ टोलीले खेल्नेछन्।
Facebook Comment