मन्त्रिपरिषद्को बैठक जम्मा तीन मिनेट, ओलीलाई बीना मगरको प्रश्न

डिसी नेपाल
१९ असार २०७७ ११:१४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको संसद अधिवेशन अन्त्यसम्बन्धी मन्त्रिपरिषद्मा प्रस्तुत गरेको प्रस्तावमा खानेपानी बीना मगरले प्रश्न गरिन्। मगर प्रचण्डकी बुहारी पनि हुन्।

पार्टीभित्र आफूविरुद्ध गुटबन्दी चर्किपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपरान्ह १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। सामान्यता कसैले पनि आंकलन नगरेको संसदको अधिवेशन अन्त्यको निर्णय सो बैठकबाट ओलीले गरि दिए।

सबैजना मन्त्रीहरुलाई खवर गरिए पनि पूर्वमाओवादीका तर्फबाट जम्मा दुईजनामात्र मन्त्री सो बैठकमा सहभागी हुन भ्याएका थिए। खानेपानी मन्त्री बीना मगर र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवमात्र पूर्वमाओवादी खेमाबाट बैठकमा सहभागी थिए। अन्य मन्त्रीहरुमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे र खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सहभागी थिए।

दिउँसो १२ बजे शुरु भएर १२ बजेर ३ मिनेटमा समाप्त भएको अत्यन्त छोटो मन्त्रिपरिषद्को सो बैठकमा प्रधानमन्त्रीले संसद अबिधेशनको अन्त्यको प्रस्ताव ल्याउना साथ खानेपानी मन्त्री बीना मगर जो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् उनले प्रश्न गरेकी थिइन्।

उनले प्रधानमन्त्री ओलीलाई यो प्रस्तावमा दुबै अध्यक्ष( ओली र प्रचण्ड) का बीच छलफल र सहमती भएको हो? भन्ने प्रश्न गरेकी थिइन्। उनको प्रश्नको सिधा नदिई आफ्नो कुरा हुने गरेको जवाफ ओलीले दिएका थिए।

मन्त्रिपरिषद् स्रोतका अनुसार, बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले पहिले नै लिखित प्रस्ताव ल्याएका थिए। रेग्मीले सो प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्रीको अनुमति मागे। त्यसप्रति खरखर्ती उनले प्रस्ताव पढे । यो सकिनासाथ खानेपानी मन्त्री मगरले बोल्न भ्याइन।

अरु मन्त्रीहरुले बोल्न पनि खोजेनन्, बैठक सकियो। अन्य केही मन्त्रीहरु बैठक सकेर उठ्दा उठ्दै बैठककक्षमा प्रवेश गरेका थिए तर मुख्य सचिवले आजको बैठक सकियो भन्ने जानकारी दिएपछि सबै फर्किएका थिए।

राजनीतिक, सांगाठानिक रुपमा निकै कमजोर भइसकेको तत्कालीन नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उद्धार गरेर मुलधारको राजनीतिमा त्यो पनि सर्वाधिक ठूलो पार्टीको कार्यकारी अध्यक्ष बन्ने अवसर आफूले प्रदान गरेको भए पनि अहिले भारतको इशारामा आफूविरुद्ध षड्यन्त्रमा प्रचण्ड लागेकोमा प्रधानमन्त्री ओलीको ठूलो चित्त दुखाइ रहेको बताइएको छ।

प्रधानमन्त्री भए यता कुनै पनि दिन सरकारलाई सहयोग नगरी कसरी हुन्छ खुट्टा तान्नेमात्र काम गरेको र आफ्ना सण्डमुसन्ड र मेसिनरीहरु प्रयोग गरी आफू र सरकारको बद्नाममात्र गराउने काममा लागेकोमा प्रचण्डप्रति ओली आक्रोशित पनि छन्।

यस्तो अवस्थामा प्रचण्डसंग मिलेर काम गर्न जति प्रयत्न गरेपनि उनले षड्यन्त्र गर्न नछाडेको पूर्व एमालेजनहरुजति सबै एकत्रित गरेर संगठित गर्ने प्रयत्नमा ओली लागेको बताइएको छ। हिजो आफूसंग पराजित भएपछि पराजय स्वीकार गर्न नसकी छट्पटाएर बसेका माधव नेपाल जता गए पनि आफूलाई फरक नपर्ने ओलीको धारणा रहेको स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *