भारतीय ‘मोस्ट वान्टेड’ दुवेलाई खोज्दै भारतीय प्रहरी नेपालगञ्जमा
काठमाडौं। भारतको उत्तर प्रदेशका माफिया विकास दुवेलाई खोज्दै भारतीय प्रहरी बुधबार नेपालगञ्ज आएको छ। उत्तरप्रदेशको कानपुरका दुवे विगत एकहप्तादेखि फरार छन्।
उनीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उनको समूहले आक्रमण गरी ८ जना भारतीय प्रहरीको हत्या गरेको थियो। सो घटनापछि प्रहरीले दुवेमाथि पाँच लाख भारतीय रुपैयाँ पुस्कार घोषणा गरेर खोजी कार्य गरिरहेको छ।
यसैक्रममा भारतीय प्रहरी नेपालगञ्ज आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओमबहादुर रानाले बताए। उनले डिसी नेपालसँग फोनमा भने, ‘सीमावर्ती क्षेत्रमा उ लुकेको छ की भनेर भारतीय प्रहरी आज (बुधबार) आएको हो। नभेटिएपछि फर्किएको छ।’ सीमा क्षेत्रमा अपराधीको खोजीका लागि दुबै देशका प्रहरीबीच सहयोग आदानप्रदान भइरहने उनले बताए।
विगत ८ दिनदेखि फरार रहेका दुवेको खोजी कार्य जारी रहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।
Facebook Comment