सरिता गिरीको सांसद पद आधिकारिक रुपमा गयो

डिसी नेपाल
२५ असार २०७७ १५:१८

काठमाडौं। जनता समाजवादी पार्टीकी समानुपातिक सांसद सरिता गिरीको ्िरतिनिधिसभा सदस्य पद औपचारिक रुपमा गएको छ । आज संसद सचिवालयले सूचना जारी गर्दै उनको पद आधिकारिक रुपमा गएको जानकारी दिएको संसद सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

यसअघि नेपालको नयाँ नक्सा अनुमोदन गर्नको लागि ल्याइएको संविधान संशोधन प्रस्तावको विरोधमा अर्को प्रस्ताव दर्ता गराएकी गिरीलाई पार्टीले प्रस्ताव फिर्ता लिन र संविधान संशोधनको पक्षमा मतदान गर्न निर्देशन दिएको थियो । तर, गिरीले उक्त निर्देशन अस्वीकार गरेपछि पार्टीले उनीमाथि कारवाही गर्दै उनलाई पार्टीको सदस्यताबाटै निलम्बन गरेको थियो । कानुनअनुसार जुन पार्टीको प्रतिनिधित्व गर्दै सांसद भएको हो त्यो पार्टीको सदस्य नरहेमा सांसद पद स्वतः जान्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *