नेकपा स्थायी कमिटी बैठक सात दिनसम्म स्थगित

डिसी नेपाल
२६ असार २०७७ ९:३६

काठमाडौं। शुक्रबार बस्ने तय भएको नेकपा स्थायी कमिटी बैठक सात दिनसम्मका लागि स्थगित भएको छ।

मुलुकभर भइरहेको अतिवृष्टि र सिन्धुपाल्चोकलगायतका जिल्लामा भएको जनधनको क्षतिका कारण पार्टी पक्तिलाई राहत एवं उद्धारमा परिचालित हुन बैठक  साउन २ गते सम्म स्थगित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केका को तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित,श्रेष्ठले ट्विट गर्दै भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *