संकटमा भारतीय क्रिकेट, विवादमा घेरिँदै बीसीसीआई
एजेन्सी । भारतले एसिया कप क्रिकेटको उपाधि जित्दै गर्दा एक समाचारले भारतीय क्रिकेट प्रेमीलाई तरंगित बनाएको थियो । सो समाचार थियो कप्तान विराट कोहली र अन्य शीर्ष खेलाडीबीच विवाद भएको ।
जारी वेष्टइन्डिजसँगको टेस्ट सिरिजका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १२ सदस्यीय क्रिकेट टिम घोषणा गर्दा शिखर धवन टिममा परेनन् ।
शिखरमात्र होइन, ट्रिपल सेन्चुरी हानेपछि बेन्चमा बस्न बाध्य भएका करुण नायर र लामो समयदेखि ओपनिंगको जिम्मेवारी सम्हाल्दै आएका मुरली विजय पनि टिममा परेनन् ।
यी खेलाडीहरु टिममा नपरेसँगै भारतीय क्रिकेट टिममा रहेको विवाद बाहिर आएको हो । धेरैले त कप्तान कोहली र कोच रवि शास्त्रीका कारण शिखर धवनलाई टिमबाट हटाइएको बताएका छन् ।
समाचारअनुसार विराटकी श्रीमती अनुस्का शर्मा र शिखरकी श्रीमती आयशाबीच इंगल्याण्ड भ्रमणका क्रममा झगडा भएको र सो झगडापछि विराट शिखरको सम्बन्ध पनि बिग्रेको बताइएको छ । यसै कारण विराटले शिखरलाई टिमबाट बाहिर बनाएको बताइएको छ ।
त्यसो त एसिया कपमा कप्तानी गरेका रोहित शर्मालाई कप्तान बनाउनु पर्ने आवजसमेत भारतमा बढ्दै गएको छ । भारतमा क्रिकेट नै सबैभन्दा संवेदनशील विषय हो । उनीहरुका लागि क्रिकेट एक खेलमात्र होइन, जीवन पनि हो ।
यस्तो क्रेजी फ्यान रहेको भारतले क्रिकेटको मैदानमा बाजी मारिरहे पनि सीयिर खेलाडीबीच हुने विवादले कसैको करिअर नै खतरामा पर्ने र गुमानाम बन्नुपर्ने अवस्था आएको उदाहरण भारतमा धेरै छन्।
टिममा विवाद रहेको समाचारहरु आइरहेका बेला भारतीय टिमका पूर्व सेलेक्टर सैयद किरमानीले वर्तमान बीबीसीआईमा विराट र शास्त्रीलाई नियन्त्रण गर्ने क्षमता नरहेको बताएका छन्। उनको यस्तो भनाईले टिममा विवाद रहेको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Facebook Comment