रियाल मड्रिड उपाधि नजिक

डिसी नेपाल
२८ असार २०७७ १०:४६

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड उपाधि नजिक पुगेको छ । अब दुई खेल मात्रै जितेमा रियालले प्रतिस्पर्धी क्लव बार्सिलोनालाई पछि पार्दै ला लिगाको उपाधि उचाल्ने छ ।

गए राति घरेलु मैदानमा भएको खेलमा आल्भेसमाथि २–० ले जित दर्ता गर्दै रियालले आफ्नो उपाधि यात्रा थप सहज बनाएको हो ।

रियालको जितमा बेन्जिमाको प्रर्दशन उत्कृष्ट रह्यो । उनको व्यक्तिगत एक गोल र एसेन्सियोले ५० औं मिनेटमा गरेको दोस्रो गोलसंगै रियाल २–० गोल अन्तरले विजयी भयो ।

३५ खेलबाट ८० अंक बनाएको रियालले यो जित संगै दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।

लिगमा अब रियालले तीन चरणको खेल खेल्न बाँकी छ । यसमा दुई खेलमा जित निकाले मात्रै पनि रियाललाई पर्याप्त हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *