वैजनाथपुर क्रिकेट मैदानलाई दुई करोड

डिसी नेपाल
२८ असार २०७७ ११:०७

काठमाडौं । मोरङको विराटनगर स्थित वैजनाथपुर क्रिकेट मैदान स्तरोन्नतिको लागि एक नम्बर प्रदेश सरकारले दुई करोड रुपैया विनियोजन गरेको छ । हाल निर्माणधिन अवस्थामा रहेको वैजनाथपुर क्रिकेट मैदानलाई आगामी बर्षभित्र क्रिकेट खेल्नयोग्य बनाउने प्रदेश क्रिकेट संघको योजना रहेको छ ।

बैजनाथपुर क्रिकेटको निर्माण सुरु भएको ५ वर्ष भइसकेको छ । विराटनगरबाट केही बाहिर रहेको यस मैदानमा २०७३ मंसिरमा सातौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता गराइएको थियो । त्यतिबेला ३० यार्डमात्र हरियो र बाँकी माटो रहेको अवस्थामै प्रतियोगिता भएको हो । अहिले पनि यो खेल्न योग्य मैदानका रूपमा मात्र छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *