ईङल्यान्ड वेस्टईन्डिज टेस्ट : ईङल्यान्डलाई १७० रनको अग्रता

डिसी नेपाल
२८ असार २०७७ १२:५२

काठमाडौं । ईङल्यान्ड र वेस्टईन्डिज बिच जारी पहिलो टेस्टको चौथो दिनको समाप्ति संगै ईङल्यान्डले दोस्रो पारीमा ८ विकेट गुमाएर २८४ रन बनाएको छ । यो संगै ईङल्यान्डले १७० रनको अग्रता बनाएको छ । ईङल्यान्डका जोफरा आर्चर ५ र मार्क वुड १ रन बनाएर क्रिजमा रहेका छन । वेस्टईन्डिजका बलर शैनन गैब्रियलले दोस्रो पारीमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ईङल्यान्डका ३ खेलाडीहरुलाई पेभेलियन फर्काएका थिए । वेस्टईन्डिजका रोस्टन चेज र अलजारी जोसफले २–२ विकेट लिए भने कप्तान जेसन होल्डरले १ विकेट लिए । ईङल्यान्डको पहिलो पारीमा २०४ रनको जवाफमा वेस्टईन्डिजले ३१८ रन बनाएको थियो ।

यसअघि वेस्टईन्डिजले ईङल्यान्ड टोली माथी दबाब बनाउदै घरेलु टोलीका ब्याटसम्यानहरुलाई खुलेर खेल्ने मौका दिएका छैनन । ईङल्यान्डका जाक क्राउले सर्वाधिक ७६, डाम सिब्ले ५० र कप्तान बेन स्टोक्सले ४६ रनको पारी खेले ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *