स्वदेश फिर्ती: मलेसियाबाट पहिलो चरणमा ३३ सय २२ नेपाली र ३९ शव स्वदेश आए

डिसी नेपाल
२८ असार २०७७ १४:४९

काठमाण्डौँ । कोरोना भाइरसका मलेसियामा अफ्ठयारोमा परेका ३ हजार ३ सय २२ जना नेपाली स्वदेश फर्किएका छन् । सरकारले विदेशमा अलपत्र नेपाली ल्याउन चार्टर उडान सुरु गरेदेखि अहिलेसम्म मलेसियाबाट ३ हजार ३ सय २२ जना नेपाली स्वदेश फर्किसकेको क्वलालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार हालसम्म विभिन्न एयरलाइन्सका २१ वटा उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । योसँगै मलेसियाकाका लागि पहिलो चरणमा तय भएका स्वदेश फिर्ती उडान पूरा भएका छन् ।

नेपाली लिएर आएका जहाजमा त्यहाँ रोजगारीको क्रममा विभिन्न कारणले ज्यान गुमाएका ३९ मृतक नेपालीको शव समेत पठाइएको दूतावासले जनाएको छ । फर्किएका ३३ सय २२ नेपालीमध्ये ६९ जना त्यहाँको जेल तथा घरफिर्ती केन्द्रमा रहेका नेपाली हुन् ।

मलेसियाबाट काठमाण्डौँ चार्टर्ड उडान भर्न नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मलेसियाको मलिण्दो एयरलाइन्सले अनुमति पाएका थिए । मलिन्दो एयरलाइन्सले सरकारले तोकेको भाडादर भन्दा कम मुल्यमा नेपाली ल्याएको थियो ।

यो अवधिमा मलेसियाबाहेक इण्डोनेसियाबाट २०, फिलिपिन्सबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १०९ तथा भियतनाम, सिंगापुर र ताइवानमा रहेका नेपालीहरु समेत नेपाल फर्किएको दूतावासले जनाएको छ । यी मुलुकहरुमा नेपाली दूतावास छैनन् । तसर्थ त्यहाँको मामिला हेर्ने जिम्मा पनि क्वलालम्पुरमा रहेको दूतावासले पाएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *