नेपाल टेलिकमको सिस्टम ह्याक गर्ने सरकारी कर्मचारी पक्राउ

डिसी नेपाल
१ साउन २०७७ १८:१६

काठमाडौं। नेपाल टेलिकम (एनटीसी)को सिस्टम ह्याक गर्ने १ जना सरकारी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। एनटीसीको मोबाइल एपको सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच पुर्‍याइ राजस्व तथा व्यावसायीक छविमा गम्भिर क्षति पुर्‍यकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनकुटा पाख्रिबास नगरपालिका–५ घर भई हाल धनकुटा नगरपालिका–४ बस्ने २८ वर्षीय दिवाकर देउजा रहेको प्रहरीले जनाएको छ। उनी सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत सरकारी कर्मचारी हुन्।

नेपाल टेलिकमबाट प्राप्त पत्रअनुसार केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले देउजालाई धनकुटाबाट पक्राउ गरेको हो । उनको साथबाट २ थान ल्यापटप र २ थान मोबाइल बरामद गरेको छ।

उनले अनट्रेसएवल ईन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक–पटक पहुँच बनाएको देखिएपछि प्राप्त सबुत प्रमाण र डिजिटल ईन्टेलिजेन्सको माध्यमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई बिद्युतिय कारोवार ऐन, २०६३ वमोजिम आवश्यक कारबाही प्रकृया अगाडि बढाउनको लागि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, काठमाडौं पठाइएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *