विदेशमा अलपत्र नेपाली श्रमिकको उद्धार कोषको रकमबाट गरिने

डिसी नेपाल
१ साउन २०७७ १९:३०

काठमाडौं। वैदेशिक रोजगारीका क्रममा विदेश गएका नेपालीहरु कोरोना महामारीका कारण अलपत्र परेपछि उनीहरुको उद्धार वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कोषमा रहेको रकमबाट गरिने भएको छ। सर्वोच्च अदालतले अलपत्र नागरिकको उद्धार गर्न सरकारका नाममा आदेश दिएपछि सरकारले यस्तो निर्णय गरेको हो।

गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अलपत्र श्रमिक उद्धार सम्बन्धि निर्देशिकालाई स्वीकृति दिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। यसअघि नै निर्देशिका मन्त्रिपरिषदमा पुगे पनि फिर्ता गरेर कानुन मन्त्रालयमा पठाइएको थियो। कानुन मन्त्रालयबाट परिमार्जित निर्देशका मन्त्रिपरिषदमा पुगेपछि गएको सोमबार बसेको मन्त्रिपरिषदले त्यसलाई स्वीकृत गरेको हो।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा वैदेशिक रोजगारमा जाने श्रमिकले नै तिरेको गरेको रकम जम्मा हुने गर्छ। आफ्नै खर्चमा स्वदेश फर्किन नसक्ने श्रमिकलाई कोषको रकमबाट फिर्ता ल्याउने गरिन निर्देशिका बनेको डा. खतिवडाले जानकारी दिए। यसअघि वैदेशिक रोजगारीमा गएका श्रमिक आफ्नै खर्चमा स्वदेश फर्किएका थिए। र फर्किनेक्रम जारी छ। सरकारले चार्टर्ड विमानका लागि समन्वय गर्दै आएको थियो। निर्देशिका बनेसँगै अब विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुको स्वदेश फर्किने बाटो खुलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *