विश्वमा घटेन कोरोना संक्रमण, २४ घण्टामा २ लाख बढी नयाँ संक्रमित

डिसी नेपाल
२ साउन २०७७ ८:२१

काठमाडौं। गत वर्षको डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रणमको विश्वभर बढ्दो क्रममा रहेको छ। वितेका ७ महिनाको ग्राफ हेर्दा कोरोना बढ्दो क्रममा नै रहेको छ। यस्तै वितेकाे १ दिनमा २ लाख ४८ हजार बढी नयाँ संक्रमितहरू थपिएका छन्।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट १ करोड ३९ लाख ४६ हजार १ सय ७० जना संक्रमित भएका छन्। विश्वका २ सय बढी देशमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ५ लाख ९२ हजार ६ सय ७३ रहेको छ।

संक्रमित १ करोड ४६ लाख बढी मध्ये ८२ लाख ७७ हजार ५ सय १० जना संक्रमण मुक्त भएका छन्। यो कुल संक्रमितको करिव ६० प्रतिशत संख्या हो।

हालसम्म सबैभन्दा बढी अमेरिकामा ३६ लाख ९५ हजार २५ जन संक्रमित रहेका छन्। अमेरिकामा १ लाख ४१ हजार १ सय १८ जनाको मृत्यु भइसकेको छ भने १६ लाख ७९ हजार ६ सय ३३ कोरोना संक्रमितहरु निको भइसकेका छन्।

यस्तै दोस्रो ब्राजिलमा २० लाख १४ हजार ७ सय ३८ जना संक्रमित रहेका छन्। त्यस्तै, छिमेकी भारतमा १० लाख ५ हजार ६ सय ३७ जना संक्रमित भेटिएका छन्। ब्राजिलमा ७६ हजार बढीको मृत्यु भएको छ भने भारतमा २५ हजार बढीको मृत्यु भइसकेको छ।

यस्तै कोरोनाबाट प्रभावित हुने देशहरुमा रसिया ७ लाख ५२ हजार बढी संक्रमित, पेरु ३ लाख ४१ हजार ५ सय बढी संक्रमित र साउथ अफ्रिका ३ लाख २४ हजार २ सय बढी कोरोना संक्रमित रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *