साउन ३ गते शनिबार घट्याे विदेशी विनिमय दर, हेर्नुहाेस् कुन देशको कति ?
काठमाडौं। शनिबार अमेरिकी डलरको भाउ घटेको छ भने यूरोको भाउ केही पैसामात्र भएपनि बढेको छ। शुक्रबार १ सय २० रुपैयाा ०१ पैसामा कारोबार भएको अमेरिकी डलर शनिबार भने १ सय १९ रुपैयाँ ७३ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार शनिबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ७३ पैसा तथा विक्रिदर १२० रुपैयाँ ३३ पैसा रहेको छ। यस्तै यूरोपियन यूरो १को खरिददर १३६ रुपैयाँ ७९ पैसा तथा विक्रिदर १३७ रुपैयाँ ४८ पैसा रहेको छ। शुक्रबार १ सय ३६ रूपैयाँ ७४ पैसामा कारोवार भएको यूरो शनिबार बढेर १३६ रूपैयाँ ७९ पैसामा कारोबार भएको हो ।
यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५० रुपैयाँ ३२ पैसा तथा विक्रिदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ६८ पैसा र विक्रिदर ८४ रुपैँया १० पैसा रहेको छ।
शनिबार कुवेती दिनार १ को खरिददर ३८९ रुपैयाँ १२ पैसा, विक्रिदर ३९१ रुपैँया ०७ पैसा रहेको छ। यू्एई दिराम १ को खरिददर ३२ रुपैयाँ ६० पैसा, विक्रिदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ९२ पैसा, विक्रिदर ३२ रुपैया ०८ पैसा रहेको छ।
Facebook Comment