कोरोना भ्याक्सिनको अन्तिम र निर्णायक ट्रायल सुरु, भ्याक्सिन कहिले उपलब्ध हुन्छ ?

डिसी नेपाल
३ साउन २०७७ ९:३०

काठमाडौं। कोरोनाभाइरस विरुद्धको भ्याक्सिनको विकासमा जारी विश्वव्यापी प्रयासका बीच भ्याक्सिनको अन्तिम र निर्णायक ट्रायल सुरु भएको छ । संयुक्त अरब इमिरेट्समा पहिलोपटक कोरोना भ्याक्सिनको फेज–३ ट्रायल सुरु भएको हो । युएइमा फेज–३ ट्रायल सुरु भएको भ्याक्सिन चीनले विकास गरेको हो । चीनको अग्रणी भ्याक्सिन निर्माता कम्पनी सिनोफार्मले विकास गरेको भ्याक्सिनको सिनोफार्म र दुबइको जी ४२ हेल्थकेयरको साझेदारीमा फेज–३ ट्रायल सुरु भएको हो ।

ग्लोबल टाइम्सका अनुसार युएइका नागरिक र आप्रवासीहरुसहित १५ हजार पंजीकृत स्वयंसेवकहरुको पहिलो समूहलाई बिहीबार अबुधाबीको एक चिकित्सा केन्द्र शेख खलिफा मेडिकल सिटीमा भ्याक्सिन दिइएको हो । बेइजिङकी भ्याक्सिन विशेषज्ञ ताओ लीनाले ग्लोबल टाइम्सलाई बताएअनुसार आम रुपमा संक्रमणको अधिक घटना भएका क्षेत्रमा भ्याक्सिनका प्रभाव हेर्नको लागि क्लिनिकल ट्रायल छिटो हुन्छ ।

जी ४२ को तर्फबाट जारी बयानका अनुसार युएइको स्वासथ्य विभागका अध्यक्ष शेख अब्दुल्ला बिन मोहम्मद अल हमीद च्याक्सिन लिने पहिलो समूहका स्वयंसेवकमध्ये एक थिए । विशेषज्ञहरुका अनुसार यो परीक्षणले युएइका स्वास्थ्य अधिकारिहरुको चीनले विकसित गरेको भ्याक्सिनमाथि विश्वास र चीनको साथमा सहयोगातमक प्रयासको माध्यमले महामारीलाई भगाउनको लागि काम गर्ने उको प्रतिबद्धता दर्शाएको छ ।

कम्पनीका प्रमुखसहित १ हजारभन्दा धेरै सिनोफार्मका कर्मचारीहरुलाई स्वेच्छाले भ्याक्सिन दिइएको छ । यो भ्याक्सिनको फेज १ र फेज २ को क्लिनिकल ट्रायलले हाल चलिरहेका अन्य भ्याक्सिनको तुलनामा केही प्रतिकूल प्रतिक्रियाका साथ आशाजनक परिणाम देखाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *