नेकपा सचिवालय बैठक सकियो, विवाद समाधानबारे टुंगो लागेन

डिसी नेपाल
३ साउन २०७७ १९:३७

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा पार्टीमा देखिएको विवादबारे छलफल भएको छ। शनिबार साँझसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पार्टी भित्र देखिएको विवादका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘पार्टी भित्र देखिएको विवादलाई कसरी टुंगोमा पुर्याउने भन्ने विषयमा छलफल भयो। पार्टी एकतालाई कसरी रक्षा गर्ने भन्ने विषयमा पनि छलफल भयो। तर केही निर्णय भइसकेको छैन। भोली (आइतबार) ३ बजे स्थायी किमटीको बैठक बस्छ।’

उनले केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल भएको बताए। स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको थियो।

विवाद समाधानका लागि भन्दै स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ। अब स्थायी कमिटीमा दुई अध्यक्षले प्रतिवेदन ल्याउने र सोही प्रतिवेदनअनुसार निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए। सचिवालय बैठकमा पनि प्रतिवेदन ल्याउने विषयमा छलफल भएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *