लेनदेनमा दाहालले धोका दिएको माधव नेपाल पक्षको आशंका

डिसी नेपाल
४ साउन २०७७ ९:४५

काठमाडौं। स्थायी कमिटी बैठक बस्न नसकिरहेका बेला शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एकता महाधिवेशन गर्ने प्रस्ताव राखेपछि नेकपाभित्रको विवादले नयाँ मोड लिएको छ।

यसअघि प्रधानमन्त्रीको राजीनामा माग्दै आएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नै समर्थन गरेपछि दाहाललाई साथ दिँदै आएको माधव नेपाल समूह सशंकित बनेको छ। आफ्नो फाइदा नहुँदासम्म साथ खोज्ने दाहालले आफूलाई फाइदा हुने अवस्थामा आफ्नो समूहलाई धोका दिएको हुन सक्ने भन्दै माधव नेपाल पक्ष सशंकित बनेको छ।

दाहालले नेपाल पक्षधरलाई बेवास्ता गर्दै शक्तिका लागि दुई अध्यक्षबीच सम्झौता गरी राष्ट्रपतिकहाँ गएको भन्दै नेपाल पक्षथर थप सशंकित बनेको हो। ओली र दाहालबीच के सम्झौता भयो भन्ने खुल्न सकेको छैन।

दाहाल र नेपाल पक्षधर मिल्दा पार्टीका सबै निकायदेखि संसदीय दलसम्मका स्पष्ट बहुमत रहेको र यस्तो बेलामा ओलीलाई दुवै पदबाट हटाउन सकिने अवस्थामा दाहालले ओलीसँग सम्झौता गरेर आफूहरुलाई धोका दिएको नेपाल निकट नेताहरुले बताएका छन्।

सचिवालय बैठक सकिएपछि दुई अध्यक्ष शितलनिवास गएपछि नेपाल पक्षधर सशंकित बनेको दाहालले थाहा पाएका थिए। त्यसपछि दाहालले शनिबार मध्यराति सचिवालयमार्फत कुनै सम्झौता नभएको र सबै विषय स्थायी कमिटीले छिनोफानो गर्ने जानकारी गराएका थिए।

तर यसअघि जे विषयमा छलफल भएपनि गुटको भेला राखेर जानकारी गराउने दाहालले शनिबार त्यसो नगरेपछि नेपाल पक्षधर नेपाल सशंकित बनेका हुन्।
नेपाल पक्षधर स्थायी कमिटी गोकर्ण विष्टले यो विषयमा विस्कृत जानकारी आफूलाई नगराइएका कारण बुझेर मात्रै प्रतिक्रिया दिन सकिने बताए।

‘मिडियामा धेरै विषय आएका छन्। तर नेताहरुसँग बुझेपछि मात्रै यसो विषयमा प्रतिक्रिया दिन सकिन्छ,’ विष्टले डिसी नेपालसँग भने। त्यसका लागि दिउँसो १२ बजे नेपाल पक्षधरका नेताले दाहालसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

दाहाल र नेपाल पक्षधर मिल्दा पार्टीका सबै निकायदेखि संसदीय दलसम्मका स्पष्ट बहुमत रहेको र यस्तो बेलामा ओलीलाई दुवै पदबाट हटाउन सकिने अवस्थामा दाहालले ओलीसँग सम्झौता गरेर आफूहरुलाई धोका दिएको नेपाल निकट नेताहरुले बताएका छन्।

सचिवालय बैठकमा राखेको एकता महाधिवेश मंसिरमा संभव नहुने भन्दै नेपाल पक्षधरले ओली र दाहालबीच लेनदेन भएको हुन सक्ने आशंका गरेका छन्।

‘पार्टी सदस्यताको टुंगो लागेको छैन। एकता प्रक्रिया नै टुंगिएको छैन। यस्तो अवस्थामा मंसिरमा महाधिवेशन गर्न संवभ नै छैन,’ नेपाल निकट मानिने केन्द्रीय सदस्य पुरुषोत्तम पौडेलले डिसी नेपालसँग भने, ‘तर यस्तो विषयमा प्रधानमन्त्रीको प्रस्तावमा प्रचण्डले सहमति किन जनाउनु भयो, हामीले बुझ्न सकेका छैनौं।’

यदि प्रधानमन्त्री ओली र दाहालबीच कुनै विषयमा लेनदेलन भएर सहमति गरिएको हो भने त्यो धोका हुने उनको भनाइ थियो। दाहालले आफूलाई अप्ठेरो परेका बेला अरुको साथ खोज्ने तर स्वार्थ मिलेको अवस्थामा साथ छोड्दै जाने हो भने दाहाललाई भविष्यमा अप्ठेरो पर्ने पौडेलले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *