आफ्नो भ्याक्सिनको प्रविधि साझा गर्ने रुसको प्रस्ताव, अरुको भन्दा प्रभावकारी भएको दावी
काठमाडौं। पश्चिमी देशहरुको तुलनामा धेरै असरदार भ्याक्सिन बनाएको दावी गरेको रुसको गेमालिया इन्स्टिच्युट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले आफ्नो प्रविधि साझा गर्ने प्रस्ताव गरेको छ । यसलाई बेलायतले लगाएको आरोपको सन्दर्भसँग जोडेर हेरिएको छ । बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टरले रुसी ह्याकरहरुले बेलायत, अमेरिका र क्यानडाका प्रयोगशालाबाट भ्याक्सिनको प्रविधि चोरी गर्ने कोसिस गरेको आरोप लगाएको थियो । रुसले यसलाई आधारहीन भनेको थियो ।
गेमालियाका प्रमुख अलेक्जेण्डर जिन्सबर्गले भने ‘रुसी प्रविधि दुर्लभ छ । यसको पेटेन्ट गराइएको छ । म दावीका साथ भन्न सक्छु यो पश्चिमी देशहरुको तुलनामा धेरै प्रभावकारी छ । विश्वले हाम्रो इम्युनाइजेशन स्किमको कदर गर्नेछ र हामीसँग सापटी लिनेछ ।’ उनले आफू भ्याक्सिन सम्बन्धी डाटालाई पश्चिमी देशका वैज्ञानिकहरुसँग साझा गर्न इच्छुक भएको पनि बताए । उनका अनुसार यो त्यो प्रविधि हो जो रुसले २५ वर्षदेखि कोरोनाभाइरसको लागि विकास गरिरहेको छ ।
गेमालियाको भ्याक्सिनको यसअघि नै रुसका दुई संस्थानमा क्लिनिकल ट्रायल चलिरहेको छ । विश्व स्वास्थ्य संगठनले गेमालियाका अलावा विश्वका अन्य २२ संस्थाहरुलाई आफ्नो निगरानीको सूचीमा राखेको छ जसलाई तीन चरण पूरा गरेपछि ठूलो परिमाणमा उत्पादनको अनुमति दिन सकिनेछ ।
Facebook Comment