नुवाकोटमा ८० प्रतिशतभन्दा धेरै रोपाइँ सकियो

डिसी नेपाल
४ साउन २०७७ १४:४१

नुवाकोट। नुवाकोटमा ८० प्रतिशत भन्दा बढी रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटका अनुसार जिल्लाको मुख्य धान उत्पादन क्षेत्रहरुमा रोपाइँ सकिइसकेको छ ।

दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानीय तह रहेको नुवाकोटको अधिकांश स्थानमा धान उत्पादन हुने गरेको छ । मनसुन सक्रिय भई वर्षा भएको कारण पनि नुवाकोटमा धान रोपाई छिट्टै भएको कृषि ज्ञान केन्द्र नुवाकोटका कृषि प्रसार अधिकृत रुकमणि अधिकारीले बताइन् ।

अधिकृत अधिकारीका अनुसार, आईतवारबाट सक्रिय भएको वर्षातले जिल्लामा केही स्थानमा बाँकी रहेको रोपाई पनि छिट्टै सम्पन्न हुने बताइन् । त्यस्तै रसुवाको पनि अधिकांश स्थानमा रोपाई सम्पन्न भइसकेको उनले बताईन् । नुवाकोटको केहि क्षेत्रमा सीमित रुपमा व्यवसायिक धान खेती गरिन्छ भने अधिकांश क्षेत्रमा कृषकहरुले आफ्नै परियोजनको लागि उत्पादन गर्ने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *