कुन देशको पैसा बढ्यो कुन देशको घट्यो हेर्नुहोस् आजको विनिमय दर
काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ यथावत रहेको छ। शनिवार कारोबार भएको ११९ रुपैयाँ ७३ पैसामै आइतबार कारोबार भयो र सोमबार पनि यथावत रहेको राष्ट्र बैंकले जनाएको छ।
यूरोको भाउ केही पैसामात्र भएपनि बढेको छ। आइतबार १३६ रुपैयाँ ७९ पैसामा कारोबार भएको यूरो सोमबार भने १३६ रुपैया ८३ पैसामा कारोवार भएको छ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार सोमबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ७३ पैसा तथा विक्रिदर १२० रुपैयाँ ३३ पैसा रहेको छ। यस्तै यूरोपियन यूरो १को खरिददर १३६ रुपैयाँ ८३ पैसा तथा विक्रिदर १३७ रुपैयाँ ५२ पैसा रहेको छ।
यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५० रुपैयाँ ४१ पैसा तथा विक्रिदर १५१ रुपैयाँ १७ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ७८ पैसा र विक्रिदर ८४ रुपैँया २० पैसा रहेको छ।
सोमबार कुवेती दिनार १ को खरिददर ३८९ रुपैयाँ ९४ पैसा, विक्रिदर ३९१ रुपैँया ९० पैसा रहेको छ। यू्एई दिराम १ को खरिददर ३२ रुपैयाँ ६० पैसा, विक्रिदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ९२ पैसा, विक्रिदर ३२ रुपैया ०८ पैसा रहेको छ।
Facebook Comment