सडक बिस्तारले हजारौं स्याउका रुख–बिरुवा नष्ट
मुगु। मुगुमा सडक खन्ने क्रममा कृषकको अन्नबालीका साथै स्याउका रुखहरुमा क्षति भएको छ्। सडक डिभिजन कार्यालय जुम्लाले सडकको सुधारको निम्ति स्काभेटरको प्रयोग गरी सडक बिस्तार गर्न थालेपछि गमगढी–ताल्च सडक खण्ड अन्तर्गत पर्ने ताल्च–मैतु–कागथला–झागोठ सडक खण्डमा पर्ने जग्गामा लगाइएका स्याउका रुख बिरुवा नष्ट भएका छन्।
सडक निर्माण गर्दा अन्न बालीका साथै स्याउका रुख बिरुवाहरु नष्ट भएपछि यहाँका कृषकहरु मर्कामा परेका छन्। ‘बर्षौंदेखि दुःख गरेर हुर्काएका ७ स्याउ र २ वटा ओखरका रुखहरु एक्कासी डोजरले फालिदियो अव के गर्ने होला? यसले कुनै क्षतिपुर्ति पनि दिँदैन भन्छन्’, आप्mनो जग्गाको डिलमा बसेर आँखा भरि आँसु झार्दै छायाँनाथ रारा नगरपालिका वडा नं ५ ढुम गाउँकी जौमति भियालले भनिन्।
कतै क्षतिपुर्तिका लागि पहल गरिदिन आग्रह समेत उनले गरिन्। ढुम गाउँ कै अर्का कृषक सिङ बुढाका पनि साना ठुला गरी ३ सय स्याउका बिरुवा नष्ट भएका छन्। ‘लगानी यसैमा डुब्यो अब के गर्ने होला’ भन्दै उनले पीडा सुनाए।
यसैगरी ताल्चकै जयगणेश बिकका २२ वटा रुख र राम बहादुर बुढाका ३ सयभन्दा बढी रुख, ताल्चकै नन्दबहादुर महतारा, काली बहादुर रोकाया र हरिचन्द्र कार्की लगायतका १ हजारभन्दा बढी फलफुलका रुख बिरुवाहरु नष्ट भएका छन्। केही ठाँउमा बिरुवाहरु ढुङ्गा माटोले पुरेर नष्ट गरेको छ भने केही ठाउँमा डोजरले उखेलेको छ।
सडक खन्ने क्रममा फलफुलका बिरुवाहरु नष्ट भएपछि कृषकहरुले सम्बन्धित निकायमा क्षतिपुर्तिको माग समेत गरेका छन्। सडकको तलमाथि लगाईएको बर्षे बाली कोदो, आलुसमेत सडक खन्दाको माटो, ढुङ्गाको पहिरोले छोपेको छ।
ताल्चदेखि मैतु सडक खण्ड आसपासमा जग्गा भएका कृषकहरु अधिक मारमा परेका छन्।
यता सडक डिभिजन कार्यालय जुम्लामा यस बिषयमा बुझ्दा प्रभावित कृषकहरुको क्षतिको बास्तबिक विवरण आएमा राहत दिइने बताएको छ। जति रुख बिरुवाको क्षति भएको छ त्यति स्याउका बिरुवा बितरण गर्ने र अन्नबालीको हकमा क्षति भएको कृषकको लागि २, ३ लाख रुपयाँ बराबरको चामल खरिद गरेरप्रति पीडित जग्गाधनी परिवारलाई राहत स्वरुप उपलब्ध गराउने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भन्डारीले बताए।
Facebook Comment