सरकार र यातायात व्यवसायीबीच सहमति, सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार

डिसी नेपाल
५ साउन २०७७ १८:२६

काठमाडौं। यातायात व्यवसायीहरु सार्वजनिक यातायात सञ्चालन गर्न सहमत भएका छन्। सोमबार यातायात व्यवस्था विभाग र यातायात वयवसायीबीच भएको छलफलमा सहमति जुटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले जानकारी दिए। विभाग, यातायात राष्ट्रिय महासंघ र तिनवटा ट्रेड युनियनहरू नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ। महानगरिय ट्राफिक प्रहरी महाशाखाबीच छलफल भएको थियो।

सहमति जुटे पनि कहिलेदेखि सार्वजनिक यातायात शुरु हुने भन्ने केही खुलाइएको छैन। महासचिब सिटौलाले भने, ‘अब हामी आपासमा छलफल गर्छौ, भोली (मंगलबार) सार्वजनिक यातायात सञ्चालन गर्ने मिति तोक्छौं।’

सहमतिका बुँदा

१, यातायात श्रमिकहरूको समुह कोरोना बीमाको प्रिमियम सरकार र यातायात व्यवसायीले आधा आधा तिरिदिने।

२, यातायात श्रमिक कोरोनाका कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपुर्तिका लागि सरकारको तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने।

३, यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाईजर, पन्जा, पीपीई) सम्बन्धित व्यवसायीले उपलब्ध गराउने।

४, लामो, छोटो र मध्यम दुरीका सबै सवारी साधनहरू सञ्चालन गर्न विभागमार्फत सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *