पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
लमजुङ। अविरल वर्षाले पहिरो जाँदा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । आइतबारबाट निरन्तर परेको वर्षाले सोमबार दिउँसो सो सडकखण्डअन्तर्गत राइनास नगरपालिकाका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
नगर प्रमुख सिंहबहादुर थापाका अनुसार वडा नं ८ पाउँदी मिलन चोक र वडा नं ६ गोफ्लेटारमा, गरमबेँसी, लुखोला, भाडगाउँलगायत एक दर्जन ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नगरपालिकाले पहिरो हटाउन थालेको र अविरल वर्षा भइरहेकाले सो स्थानका पहिरो पन्छाउनका लागि मङ्गलबार दिनभरी लाग्ने उनको भनाइ छ ।
सो सडकखण्डको मिलनचोकमा करिब १०/१५ मिटर माथिबाट खसेको पहिराले सडक अवरुद्ध भएको स्थानीय गोमा जिनी नेपालीले बताए। उनले भने, पहिराले सडक अवरुद्ध भएपछि कालोपत्रे सडक हिलाम्मे भएको र सवारीसाधन रोकिएका छन्, पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्नसमेत कठिन तथा जोखिम भएको छ ।’
Facebook Comment