कोरोनाको प्रभाव परेन बैकिङ क्षेत्रलाई, अघिल्लो वर्षभन्दा निक्षेप र कर्जा प्रबाह बढ्यो
काठमाडौं । बाणिज्य बैंकहरुमा कोरोनाको प्रभाव कम परेको देखिएको छ। पछिल्लो चार महिनामा कोरोनाको प्रभाव केही परे पनि समग्रमा बाणिज्य बैंकहरुको निक्षेप र डिपोजिटमा बृद्धि भएको छ।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको विवरण अनुसार बैंकर्स संघका अनुसार गत चालु आर्थिक बर्ष निक्षेप ६ खर्ब ९ अर्ब बृद्धि भएको छ भने ४ खर्ब ५ अर्ब रुपैयाँले कर्जा प्रबाह बढेको छ।
अघिल्लो आर्थिक बर्षको अन्तमा चार खर्ब २३ अर्बले निक्षेप बढेको थियो भने ३ खर्ब ८३ अर्ब रुपैयाँले कर्जा प्रबाह बढेको थियो।
त्यस्तै बाणिज्य बैंकहरुले गत असार महिनामा मात्र ८७ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् भने सो अवधिमा २ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
संघका अनुसार बाणिज्य बैकहरुले जम्मा चार दिनमा ४२ अर्ब रुपैयाँ कर्जा प्रबाह भएको छ भने ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।
विवरण अनुसार बाणिज्य बैंकहरुको निक्षेप असारको २६ गतेसम्ममा ३३ खर्ब ८८ अर्ब थियो तर जम्मा ४ दिनमा निक्षेप ९९ अर्ब रुपैयाँले बढेर ३४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ।
त्यस्तै कर्जा पनि चार दिनमा ४२ अर्ब रुपैयाँले बढेको छ । असार २६ गतेसम्म २८ खर्ब ४२ अर्ब रुपैयाँ रहेको कर्जा प्रबाह असार मसान्तमा २९ खर्ब ३ अर्ब पुगेको छ।
असार महिनामा सरकारले खर्च गर्नुपर्ने सम्पुर्ण खर्च गर्ने महिना हो भने सरकारबाट पाउने भुक्तानी पनि यही समयमा हुने भएकोले सरकारबाट भुक्तानी पाएका मानिसहरुले बैंकमा रकम जम्मा गर्दा निक्षेपमा ह्वात्तै बृद्धि भएको हो।
त्यस्तै सरकारलाई बुझाउनुपर्ने कर पनि विभिन्न व्यापारी व्यवासायीले ओडीबाट कर्जा लिएर बुझाएका कारण पनि चारदिनमा यत्ति धेरै रकम बराबरको कर्जा प्रबाह भएको हो।
कोभिड १९ का कारण बजारमा आर्थिक क्रियाकलाप शिथिल हुदा निक्षेप र कर्जामा समस्या हुने बाणिज्य बैंकहरुले बताउँदै आएका थिए । तर कोभिड १९ को अवस्थामा पनि निक्षेप र कर्जा प्रबाहमा बृद्धि हुदा नेपालको अर्थतन्त्रमा कोभिड १९ को असर धेरै नपरेको स्पष्ट देखिएको राष्ट्र बैैंकले जनाएको छ।
विगत तीन बर्षमा बाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा प्रबाहको अवस्था हेर्नुहोस्ः
Facebook Comment