हट्यो लकडाउन

डिसी नेपाल
६ साउन २०७७ १९:२०

काठमाडौं। कोरोना महामारीका कारण गएको चैत ११ गतेबाट देश व्यापाी लागु भएको लकडाउन हटेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा लकडाउन हटेको घोषणा गरेका हुन्। मंगलबार राती १२ बजेटबाट लागु हुने गरि लकडाउन हटेको उनले बताएका हुन्।

मन्त्रिपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मंगलबार डा. खतिवडाले यस्तो घोषणा गरेका हुन्। उनले भने, ‘आज भरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन कुनै दिन हाम्रोमा ७ सय सम्म संक्रमित थिए, अहिले २ सय भन्दा तल छ। अब यो साउन महिना भरीको अवस्था हेर्छौं त्यसपछि भदौंमा थप निर्णय लिन्छौं।’

पछिल्लो एक हप्तायता नेपालमा हरेक दिन कोरोना संक्रमितको संख्या २०० भन्दा कम हुने गरेको भने कोरोना जितेर डिस्चार्ज हुनेको संख्या बढिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *