कांग्रेसको सरकार बनेपछि हिन्दु धर्मका विषयमा जनमत संग्रह हुन्छ : महामन्त्री कोइराला (भिडियो)
काठमाडौं। नेपाली कांग्रेसमा महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको सरकार बनेको अवस्थामा हिन्दु धर्मका विषयमा जनमत संग्रह गराउने बताएका छन्। महामन्त्री कोइराला कांग्रेसभित्र हिन्दु धर्मका पक्षपाती भनेर चिनिन्छन्। उनले सार्वजनिक सभा समारोहमा हिन्दु धर्मको पक्षमा अभिव्यक्ति दिने गर्छन्।
डिसी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले २०३६ सालमा बहुदल र निर्दलका विषयमा जनमत संग्रह गराएजस्तै कांग्रेसको सरकार गठन भएको अवस्थामा धर्मका विषयमा पनि जनमत संग्रह गराउने र जनताले गरेको निर्णयलाई लागू गराउने उनको भनाइ थियो।
‘धर्मका विषयमा जनमत संग्रह गराएर धर्म निरपेक्ष राख्ने कि सापेक्ष राख्ने भन्ने निर्णय गर्नुपर्छ,’ उनले भने, ‘जनताले गर्ने निर्णयलाई सरकारले लागू गर्ने हो।’ उनले राजतन्त्र अब नेपालमा फर्किने अवस्था नरहेकोसमेत बताए।
‘राजालाई हामीले नै हटाएका हौं,’ उनले भने, ‘अब हामीले एउटा बाटो तय गरेका छौं। हुन त राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठ्ने गरेका छन्। तर अब हामी त्यसतर्फ लाग्नु हुँदैन।’
महामन्त्री काेइरालासँग डिसी नेपालका लागि विजयप्रसाद मिश्रले गरेकाे भिडियाे संवाद
Facebook Comment