मेगा बैंक ११ औं वर्षमा : चुक्तापुँजीमा छैटाैं र व्यवसायमा १२ स्थानमा
काठमाडौं । मेगा बैंक ११ बर्षमा प्रवेश गरेको छ। यस अवधिमा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका २ सय ६ शाखा सञ्जालमार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ। २०७७ असारसम्ममा बैंकले १ खर्ब ३२ अर्व निक्षेप संकलन र १ खर्ब १४ अर्ब कर्जा लगानी गरेको छ।
देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक स्थापनाकालको १० औं बर्षमा चुक्तापुँजीका हिसाबले छैटौं स्थानमा, व्यवसाय (निक्षेप तथाकर्जा) काआधारमा १२ औं स्थानमा रहेको जनाएको छ।
वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिना मात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धी भएको बताए । मर्जर र प्राप्तिका लागि ढोका खुल्ला नै रहेको जानकारी दिँदै उनले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको उल्लेख गरे।
बैंककी प्रमुखकार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण देशकै अग्रणी बैंक बन्न सफल भएको बताइन्।
१० औं बार्षिकोत्सवको अवसरमा मेगा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगाबजार’ जस्ता अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ। आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै ल्याइएको यी सेवाहरुले सेवाग्राहीहरुलाई अत्याधुनिक बैंकिङ सेवाका साथै आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक शाखा–एक छोरी छात्र वृत्ति कार्यक्रम अन्तर्गत बैंकका शाखाहरुबाट एक–एक जनाका दरले १०१ जना छात्राहरुको शिक्षाको लागि आर्थिक एवं शैक्षिक सामाग्री सहयोग गरेकोमा सोही छात्राहरुको यस बैंकमा बचत खाता खोली बैंकको तर्पmबाट प्रत्येक छात्राको खातामा १–१ हजार रुपैयाँ जम्मा गरी आर्थिक सहायता गर्ने घोषणा गरेको छ।
छात्राहरुमा सानै उमेर देखि बैंकमा बचत गर्ने बानीको पनि बिकास होस भन्ने उद्देश्यले बैंकको तर्पmबाट १–१ हजार जम्मा गर्ने गरी बचत खाता खोली दिन लागेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।
Facebook Comment