अमेरिकी डलर १ पैसाले बढ्दा अष्ट्रेलियन १ रुपैयाँले बढ्यो (सूचिसहित)
काठमाडौं। बिहीबार अमेरिकन डलर १ पैसाले बृद्धि हुँदा अष्ट्रेलियन डलर भने १ रुपैयाँले बृद्धि भएको छ। बुधबार ११९ रुपैयाँ ३१ पैसामा कारोबार भएको अमेरिकी डलर बिहीबार ११९ रुपैयाँ ३२ पैसामा कारोबार भएको छ। यस्तै अष्ट्रेलियन डलर १ रुपैयाँले बढेर बिहीबार ८५ रुपैयाँ ३६ पैसामा कारोबार भएको छ। बुधबार अष्ट्रेलियन डलरको मूल्य ८४ रुपैयाँ ४९ पैसा रहेको थियो ।
यस्तै, बुधबार १३६ रुपैयाँ ६६ पैसा कारोबार भएको यूरो बिहीबार बढेर १३८ रुपैयाँ ०२ पैसामा कारोबार भएको राष्ट्र बैंले जनाएको छ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार बिहीबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ३२ पैसा तथा विक्रिदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ। यस्तै यूरोपियन यूरो १को खरिददर १३८ रुपैयाँ ०२ पैसा तथा विक्रिदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ।
यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५१ रुपैयाँ २९ पैसा तथा विक्रिदर १५२ रुपैयाँ ०५ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३६ पैसा र विक्रिदर ८५ रुपैँया ७९ पैसा रहेको छ।
कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ ४० पैसा, विक्रिदर ३९० रुपैँया ३५ पैसा रहेको छ। यू्एई दिराम १ को खरिददर ३२ रुपैयाँ ४८ पैसा, विक्रिदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८२ पैसा, विक्रिदर ३१ रुपैया ९८ पैसा रहेको छ।
Facebook Comment