प्राकृतिक प्रकोपः पूर्वतयारी र सतर्कता नहुँदा निम्तिएको विनाश
अहिले मुलुकमा मनसुन सक्रिय रहँदा देशका विभिन्न स्थानमा बाढी पहिरो जाँदा ठूलो मात्रामा जनधनको क्षति भइसकेको छ। हिउँद याममा हावाहुरी र आगलागीका घटना व्यापक हुँदा वर्षायाममा बाढी पहिरोबाट वर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ।
क्षति भइसकेपछि राहत वितरण र उद्धारका काममा सरकारले तदारुकता देखाए पनि प्राकृतिक प्रकोपलाई नियन्त्रण गर्ने पूर्व तयारी भने गरेको देखिँदैन। त्यसमाथि विकासका नाममा गाउँ गाउँमा चलाइने डोजरले भूक्षय र पहिरो जाने क्रम झन बढ्दो क्रममा छ।
नेपाल प्राकृतिक रुपमा बढी जोखिमयुक्त मुलुक हो। भौगोलिक विकटता र व्यवस्थित वस्ती नहुँदा वर्षेनि बाढी पहिरोमा पनि ठूलो क्षति हुने गरेको छ। यो क्रम यस पटक पनि रोकिएको छैन। बर्खायाममा मुलुकभित्र हुने प्राकृतिक प्रकोपका घटना नौलो होइन। यद्यपि पछिल्ला केही वर्षहरुमा प्राकृतिक प्रकोपका कारण हुने क्षतिको क्रम बढ्दै गएको छ। विगत ८/१० वर्ष यता प्रकृतिक प्रकोपले मानव जीवनमा ठूलो क्षति पुर्याउँदै आएको छ।
विगतका तथ्यांकको तुलनामा अघिल्ला वर्ष भन्दा यो वर्ष बढी क्षति भएको सरकारी तथ्यांक छ। गत वर्षको जाडो भुलियो यो बर्षको जाडो कति जाडो भनेजस्तै प्रकृतिक प्रकोपको असरलाई भुलिने गरिएको छ। यसपटक प्राकृतिक प्रकोपले ठूलो क्षति पुर्याइसकेपछि अर्को वर्षको लागि पूर्व तयारी हुनुपर्ने हो । तर, हामीकहाँ त्यसो हुन सकेको छैन । अघिल्लो वर्षको क्षति अर्को वर्ष पनि दोहोरिने गरेका छन्।
प्राकृतिक स्रोतको उपयोग गर्न दिँदा केही राजश्व संकलन हुन्छ । तर, ती स्रोतको उपयोग कति मात्रामा गर्दा सुरक्षित हुन्छ भन्ने कुराको निश्चय गर्न सक्नुपर्छ। प्राकृतिक स्रोतको उपभोग गर्दा पाइने लाभभन्दा त्यसले त्याउने प्रकोपको क्षति बढी हुने अवस्था आउन दिनु हुँदैन ।
पछिल्लो समय अनुसन्धानकर्ताले प्राकृतिक प्रकोपको कारण मानव जाति नै भएको बताएका छन्। राज्य व्यवस्थाले उपयुक्त अनुसन्धान बिना नै नीति निर्माण गर्ने गरेकाले यस्ता समस्या आइपरेको हो। विकास कार्य गर्दा ध्यान नदिने गरेको समयमा बाढी पहिरो जानु स्वभाविक मान्नुपर्छ । त्यसमाथि विकास निर्माणको लागि सरकारले तोकेको मापदण्ड पनि पालना हुन सकेको छैन ।
पछिल्लो समय विकास भनेकै सडक बनाउने र त्यसको लागि डोजर चलाउने भन्ने मान्यता स्थापित हुन पुगेको छ जुन पहिरोको मुख्य कारक हो । विकासको नाममा जथाभावी सडक खनिने, डोजर चलाइने, रुख काट्ने जस्ता कार्यले अव्यवस्थित समस्या निम्त्याएको हो। सरकारले विकासका काम गर्नु अगाडि सडक निर्माण गर्न उपयुक्त छ, छैन, जंगल कहाँ काट्दा पहिरो कम जान्छ, बस्ती जोगिन्छ भन्ने कुराको तय गर्नुपर्छ।
सरकारले नदी किनाराको गिट्टी बालुवा झिक्दा मानव जीवनलाई असर गर्छ कि गर्दैन भन्ने कुराको अनुसन्धान गरिनु पर्छ। सरकारले मात्र नभई समाजमा रहेका शिक्षित वर्गले पनि यस बिषयको उठान गर्न सक्नुपर्छ ।
प्राकृतिक स्रोतको उपयोग गर्न दिँदा केही राजश्व संकलन हुन्छ । तर, ती स्रोतको उपयोग कति मात्रामा गर्दा सुरक्षित हुन्छ भन्ने कुराको निश्चय गर्न सक्नुपर्छ । प्राकृतिक स्रोतको उपभोग गर्दा पाइने लाभभन्दा त्यसले त्याउने प्रकोपको क्षति बढी हुने अवस्था आउन दिनु हुँदैन ।
यस विषयका विशेषज्ञको रायअनुसार अगाडि बढ्ने हो भने सम्भावित जोखिम रोक्न सकिन्छ । सानो कुरामा ध्यान नदिँदा आज मुलुकका नागरिकले प्रकृतिक प्रकोप व्यहोर्नु परेको हो। भूक्षय, पहिरो मुख्यतया सडक निर्माणमा ख्याल नगर्नाले गएका छन्।
जंगललाई संरक्षण गर्ने हो भने यस्ता समस्याबाट बच्न सकिन्छ। बाढी पहिरो रोथामको लागि निर्माणधीन कार्य योजनाबद्ध तरिकाबाट गर्नुपर्छ। यसका लागि अनुसन्धान गर्न निकाय हुन्छ, अब प्रश्न गर्ने दिन आएको छ किन पूर्व तयारी भएन ? यदि अनुसन्धान गर्न हो भने यस्ता समस्या कम हुन्छ।
Facebook Comment