जनार्दनले प्रचण्डको साथ नछोडेको दावी
काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गरिरहेको प्रचण्डको सचिवालयले दावी गरेको छ। नेकपामा देखिएको विवादका बीच शर्माले प्रचण्डको साथ छोडेको चर्चा भएपछि बिहीबार प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको छ।
प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटा जुगलले एक प्रेस विज्ञप्ति जारी गर्दै बाहिर हल्ला भए जस्तो शर्माले प्रचण्डको साथ छोडेको भन्ने कुरा गलत रहेको बताएका छन्। उनले शर्माले सँधै प्रचण्डलाई सहयोग गरिरहेको बताएका छन्।
सत्तारुढ दल नेकपामा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो। यहीबीचमा नेताहरुले समूह पनि परिवर्तन गरिरहेका छन्। यसैक्रममा शर्माले पनि समूह परिवर्तन गरेको चर्चा चलेको थियो।
Facebook Comment