आर्थिक सहयोग हस्तान्तरण

डिसी नेपाल
९ साउन २०७७ ९:३९

गण्डकी । टाउकोमा गम्भीर चोट लागि उपचाररत विश्व गुरुङको सहयोगार्थ बेलायत र हङकङबाट सङ्कलित २ लाख ७५ हजार नगद प्रदान गरिएको छ । पर्वत मोदी गाउँपालिका–१ लौसीबोट घर भई हाल पोखरा १२ फूलबारी सफा मार्गमा बस्दै आएका उनको दुई वर्ष अघि भ¥याङबाट लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो। २५ वर्षीया गुरुङको उपचारपछि पनि हालसम्म होस खुल्न सकेको छैन।

उपचारमा एक करोडभन्दा बढी रकम खर्च भइसकेको र हाल उपचारका लागि आर्थिक अभाव भएपछि बेलायतमा रहेका नेपाली, लौसीबोट हङकङ समाज र लौसीबोट बेलायतबाट सङ्कलित सो रकम उनकी आमा डिलकुमारी गुरुङलाई प्रदान गरिएको छ।

सहयोग रकम पर्वत घर भई हाल पोखरा १० अमरसिंहचोकमा बस्दै आएका युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ र लक्ष्मी गुरुङको संयोजनमा लौसीबोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोकबहादुर गुरुङ र लौसीबोट गाउँ समाजका अध्यक्ष कुलवीर गुरुङले विश्वका आमा डिलकुमारीलाई हस्तान्तरण गरेका हुन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *