हुण्डी कारोवारी पक्राउ

डिसी नेपाल
९ साउन २०७७ १९:५१

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले एक जना हुण्डी कारोवारीलाई रु १९ लाख ९१ हजार नगदसहित पक्राउ गरेको छ । काठमाडौँको विशालबजार नजिकबाट स्याङ्जा घर भई सामाखुसी बस्ने ४० वर्षीय ढुण्डिराज न्यौपानेलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रहरीले अहिले काठमाडौँ उपत्यकाभित्र गैरकानूनी तवरले हुण्डीको कारोवार गरी राजस्व छली गरिरहेको भन्ने सूचनाका आधारमा उपत्यकाका विभिन्न स्थानमा खोजी अभियान चलाउँदै आएको छ । उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्ने क्रममा झोलाबाट रकम बरामद गरिएको हो । थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *