शंकर पाेखरेलकाे प्रश्न : आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले मैले हो भन्न कसरी सकेको?

डिसी नेपाल
१० साउन २०७७ ८:१०

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहालको भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नक्सा जारी गर्न आफूले सरकारलाई दबाव दिएपछि मात्रै संभव नभएको भन्ने अभिव्यक्तिप्रति पाँच नम्बर प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले असन्तुष्टि जनाएका छन्।

सामाजिक संजाल फेसबुकमा शनिबार विहान स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले कालापानी क्षेत्रको सीमा विवाद पुरानै भएको र आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले प्रधानमन्त्रीले होइन , मैले को भन्न नसुहाउने बताएका छन्। ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाँले (प्रधानमन्त्री ओली) होइन, मैले हो भन्न कसरी सकेको ?’ उनले लेखेका छन्।

अध्यक्ष दाहालले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सरकारले आफ्नो जोडबलमा भारतले अतिक्रमित गरेको भूमि समेटेर नयाँ नक्सा जारी गरेको दाबी गरेका थिए।

दाहालले भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि आफूहरुले पनि भारतले अतिक्रमित गरेको भूमि समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई सुझाव दिएको तर सरकारले नक्सा जारी गर्ने भन्दा पनि भूमि फिर्ता ल्याउने भन्दै नक्सा जारी गर्न आनाकानी गरेको आरोप लगाएका थिए।

‘भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि मैले अध्यक्षता गरेको स्थायी कमिटी बैठकले नेपालले पनि भारतले अतिक्रमित गरेको भूमि समेटेर नक्सा जारी गर्नुपर्छ भनेको थियो,’ दाहालले भनेका थिए, ‘तर सरकारले नक्सा जारी गर्ने भन्दा पनि भूमि फिर्ता ल्याउने विषय महत्वपूर्ण हो भनेको तपाइँहरुले पनि सुन्नु भयो होला।’

उनले पार्टीले बारम्बार नक्सा जारी गर्ने कुरालाई उठाउँदा सरकारले बेवास्ता गरेको भन्दै नीति तथा कार्यक्रम ल्याउने दिन विहान बसेको सचिवालय बैठकले नीति तथा कार्यक्रममा नै नक्सा प्रशासन गर्ने विषय समावेश गर्न सुझाव दिएपछि प्रधानमन्त्री सहमत भएको र नक्सा जारी गर्ने विषय नीति तथा कार्यक्रममा समावेश भएको बताएका थिए।

‘तर अहिले त्यसको गलत व्याख्या गर्दै नक्सा जारी गर्न लगाउनेलाई राष्ट्रघाती र दलाल भन्ने तर जसले नक्सा जारी गर्न यति ढिला गर्यो उसलाई चाँहि देवत्वकरण गर्ने विषय सही हुन सक्दैन,’ उनले भनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *