युवा उद्यमीले संचालन गरे मनास्लु वर्ल्ड कलेज, विद्यार्थीको बहुआयाममा समर्पित

डिसी नेपाल
११ साउन २०७७ ११:१२

काठमाडौं। नेपालीमा एउटा आहान छ, ‘राक्षसले खाना खाने समय’। कोरोनाका कारण सबै क्षेत्र अहिले यस्तै अफ्ठेरो अवस्थामा छन्। यसरी भन्दा अध्यारो छ। कुनै पनि क्षेत्रमा लगानी गर्न मध्यराति भएको छ। त्यसमा पनि सबैभन्दा बढी मारमा परेको छ शिक्षा क्षेत्र। स्कुल कलेजहरु बन्द हुने अवस्था छ। शिक्षकहरुलाई तलब दिन नसकेको प्रसस्तै उदाहरणहरु छन्। शिक्षकहरु आन्दोलित छन्। सडकमा छन्।

यसरी शिक्षा क्षेत्रमा ‘राक्षसले खाना खाने समय’ भएको यो बेलामा स्कुल कलेज खुले भन्ने सुन्दा पनि अच्चम लाग्छ। तर, अच्चम मान्न पर्दैन्। यस्तो अध्यारो बेलामा पनि उज्यालो भविश्य देखेको छ एउटा युवा उद्यमी समूहले। त्यो समूह हो, ‘मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.लि.’।

काठमाडौंको चावहिल, चुच्चेपाटीमा युवा उद्यमी समूह ‘मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.लि.’ ले ‘मनास्लु वर्ल्ड कलेज’को स्थापना गरेको छ। कोरोनाका कारण अँध्यारो भएको यो अवस्थामा पनि उज्यालो भविष्यको सपना देख्दै विद्यार्थीको चौतर्फी विकासका लागि र हरेक विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्दा गराउन सक्ने उद्देश्यका साथ कलेजको स्थापना भएको छ।

आधुनिक प्रतिस्पर्धि विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका हेतुले कलेजको स्थापना गरिएको प्रा.लि.का अध्यक्ष गेन्द्र लामाले जानकारी दिए।
लामाले भने, ‘कलेजले नविनतम् प्रविधिको उच्च प्रयोग गरी विद्यार्थीको अव्वल क्षमता निर्माण गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपुर्ण शैक्षिक गन्तव्य हो।’

कलेजको स्थापना लामो समय अध्यापन क्षेत्रमा कार्यरत र विभिन्न स्कुल कलेज संचालन गरी शिक्षा क्षेत्रमा ख्याती कमाएका प्रध्यापकहरुले जीवनका लागि शिक्षा दिइनु पर्छ भन्ने मान्यताका आधारमा नयाँ प्रकारको सोच र चिन्तन राखेर मनास्लु वर्ल्ड कलेजको स्थापना भएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए।

प्रिन्सिपल श्रेष्ठले भने, ‘यो कलेजले विद्यार्थी हरेक प्रकारले सिर्जनशिल हुनुपर्छ। कुनैपनि क्षेत्रको नेतृत्वदायी भूमिकामा पुग्न सक्ने गरी कलेजले अध्ययन अध्यापन गर्नेछ। यस कलेजले विद्यार्थीहरुमा उद्यमशिल बन्न उत्प्रेरित गर्ने, टिम वर्क गरी व्यवसाय गर्न तथा प्राविधिक विषयमा अव्वल र बौद्धिक जनशक्ति निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *