काठमाडौँका प्रयोगकर्तालाई सगुनले औषधी र खाद्यान्न फ्री डेलिभरी गर्ने
काठमाडौं। कोरोनाको कारणले सारा संसार लकडाउनमा छ। हामीलाई थाहा छैन, यो सङ्कटले कुन रुप लिन्छ वा कसरी टर्छ। हामीलाई के थाहा छ भने सामाजिक दुरीले यस्तो संकटबाट पार पाउन सकिन्छ। सामाजिक दुरी कायम राख्दा आफन्तहरुसँग कसरी जोडिइरहने ? सगुन एउटा नेपाली पहिलो सोसल मिडिया एप हो। यसको उद्देश्य साथीभाई र परिवारसँग मेलमिलाप र ज्ञान आदानप्रदान गराउनु हो। कोरोना भाइरसको संकटबाट आफ्ना प्रयोगकर्तालाई सुरक्षित राख्न सगुनले केहि महत्वपूर्ण कदम चालेको छ।
सगुनले काठमाडौं उपत्यकामा खाद्यान्न र औषधि “निःशुल्क डेलिभरी सेवा” उपलब्ध गराउन Nepmeds र Vegmandu संग साझेदारीमा सुरु गरेको छ। एस प्रकारको सुविधाले सगुनका प्रयोगकर्ताहरुलाई घरमै बसी अत्यावश्यक सेवा पुर्याउने छ।
Nepmeds एक अनलाइन फार्मेसी हो, यसले स्वास्थ्य र चिकित्सा सम्बन्धि सेवा प्रदान गर्दछ । Vegmandu भने ईकमर्स साइट हो, यसले ताजा फलफुल र तरकारी घरघरमै पुर्याउँ छ । सगुनको स्मार्ट क्वाइन वा गिफ्ट कुपन प्रयोग गरेर यी दुवै अनलाइन माध्यमहरुमा किनमेल गर्न सकिन्छ। यसरी किनेको सामग्री ती अनलाइनले निःशुल्क डेलिभरी गर्छन् । सगुनबाट अडर गर्दा अडर कोड र भाउचर कोड दिएपछि यो सेवा निशुल्क लिन सकिन्छ ।
सगुनले Nepmeds र Vegmandu को वितरण शुल्क आफैं तिर्ने गरेको छ । यसले गर्दा सगुनका प्रयोगकर्ताहरुले यो सुविधा निसंकोच रुपले प्रयोग गर्न पाएका छन्। सगुनले आफ्ना प्रयोगकर्ताका लागि ल्याएको यो सुविधाले यस्तो संकटको समयामा धेरै राहत पुर्याएको सगुनका प्रयोगकर्ताहरु बताउछन् ।
सगुन अमेरिका, नेपाल र भारतमा रेजिस्टर भई संचालनमा आएको सोसल मेडिय कम्पनी हो ।
सगुनमा प्रयोगकर्ताको sing-up गर्ने क्रम बढ्दो छ। दैनिक ५०,००० भन्दा बडी प्रयोगकर्ताहरु सगुनमा sing-up गरिरहेका छन्। अहिले सम्म लगभग ४ अर्ब १७ करोड स्मार्ट कोइन प्रयोगकर्ताहरुले कमाइसकेका छन् भने ७४ करोडको स्मार्ट कोइन किनमेलका लागि प्रयोग भैसकेका छन्।
Facebook Comment