कोरोनाभाइरसः चीनको वुहानमा खासमा के भएको थियो ? प्रमुख डाक्टरको सनसनीपूर्ण खुलासा

डिसी नेपाल
१३ साउन २०७७ ९:५६

काठमाडौं। चीनका एक प्रमुख डाक्टरले चीनको वुहान प्रान्तमा कोरोनाभाइरसको महामारी उत्कर्षमा हुँदाको समयका बारेमा सननीपूर्ण खुलासा गरेका छन् । बीबीसीको ‘पानारोमाः चाइनाज कोरोनाभाइरस कभर अप’ कार्यक्रममा बोल्दै प्रोफेसर क्वोक युंग युएनले भने ‘मलाई विश्वास छ कोरोना सुरु भएको समयमा स्थानीय अधिकारीहरुले यसको संक्रमणको परिमाणलाई लुकाएका थिए ।’

महामारीको सुरुवाती समयमा वुहानमा कोरोनाको जाँच गरेका डा. क्लोकले भाइरसको महामारकिो प्रकोपबारे जानकारी लुकाउन प्रमाण मेटाइएको दावी गरे । उनका अनुसार त्यतिबेला चीनका अस्पताल र क्लिनिकमा कोरोनाभाइरसको जाँच निकै सुस्त थियो । डा. क्वोकले भने ‘जब हामी हुनानको सुपरमार्केटमा गयौं त्यहाँ केही पनि बाँकी थिएन । मार्केटलाई पहिले नै सफा गरिसकिएको थियो । त्यसैले तपाइँ भन्न सक्नुहुन्छ कि क्राइम सिन पहिले नै बदलिइसकेको थियो ।

उनले अगाडि भने ‘सुपरमार्केटलाई पहिले नै सफा गरिसकिएको थियो र हामीले यस्तो कुनैचीजको पहिचान गर्न सकेनौं जसबाट भाइरस मानिसमा फैलिएको आशंका गर्न सकियोस् । अलाई अझै पनि शंका छ वुहानमा भाइरसका केस लुकाउनको लागि उनीहरुले केही गरेका थिए ।’ डा. क्वोक सन् २००३ मा सार्स कोरोनाभाइरसको पहिचान गर्ने वैज्ञानिक टोलीमा समेत सदस्य थिए ।

अन्तरवार्तालाई उद्धृत गर्दै बेलायती अखबार इन्डिपेन्डेन्टले लेखेअनुसार डा. क्वोकले भने ‘जुन अधिकारीहरुले यस सम्बन्धी जानकारी अगाडि पठाउनुपर्ने थियो उनीहरुले ठिकसँग काम हुन दिएनन् ।’ यसअघि विश्वका कैयौं देशले पनि चीनमाथि भाइरससम्बन्धी जानकारी लुकाएको आरोप लगाउँदै आएका छन् । तर, चीनले भने यस किसिमका आरोप खारेज गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *