आयरल्यान्ड बिरुद्व सिरीजको लागि ईङल्यान्ड १४ सदस्यीय टोलीको घोषणा

डिसी नेपाल
१३ साउन २०७७ १०:४८

काठमाडौं । ईङल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले आयरल्यान्ड बिरुद्व ३ एकदिवसीय सिरीजको लागि १४ सदस्यीय टोलीको घोषणा गरेको छ । साथै ईसीबीले १४ सदस्यीय बाहेक ३ खेलाडीहरु रिर्जव प्लेयरको रुपमा राखेको छ । ईङल्यान्ड टोलीको कप्तानमा इयान मोर्गन चयन भएका छन भने उपकप्तानको जिम्मेवारी मोइन अलीलाई दिईएको छ । तिव्र गतिका बलर रीस टोपलीले चार बर्षपछि टिममा परेका छन ।

एकदिवसीय विश्व कप २०२३ सुपर लिग क्वालिफायर प्रतियोगिता अन्तर्गतको यो पहिलो सिरीज हुनेछ। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले गत सोमवार सुपर लिग क्वालिफायर प्रतियोगिताको घोषणा गरेको छ । ईङल्यान्ड र आयरल्यान्ड बिच ३ एकदिवसीय खेल साउथैंप्टनमा खेलिने छ । पहिलो खेल ३० जुलाईमा हुनेछ भने बाकि दुई खेल क्रमश एक र चार अगस्टमा खेलिनेछ ।

ईङल्यान्डको १४ सदस्यीय टोलीमा : इयान मोर्गन (कप्तान), मोइन अली, जोनी बेयरस्टो, टोम बेन्टन, स्याम विलिङस, टोम करन, लियाम डोसन, जो डेनली, साकिब महमूद,आदिल राशिद, जेसन रोय, रीस टोपली, जेम्स विन्से र डेविड विली रहेका छन भने रिजर्व प्लेयरमा रिचर्ड ग्लीसन, लेविस ग्रेगोरी र लियाम लिविङस्टन रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *