२४ घण्टामा १ लाख ६७ हजार नयाँ संक्रमित थपिए
काठमाडौं। कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ३ हजार ९९२ पुगेको छ। ती मध्ये १ करोड ३ लाख ४८ हजार ४७० उपचारपछि निको भएका छन् भने हालसम्म ६ लाख ६० हजार ७८७ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार ९२१ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा अमेरिकामा ४३ हजार ६७ जना नयाँ संक्रमित थपिएका छन् भने ब्राजीलमा १२ हजार ४२५ जना नयाँ संक्रमित थपिएका छन्।
विश्वभरमा हाल ६६ हजार ६०७ संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ। मंगलबारमात्रै ३ हजार ८ सय ७३ जनाको मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनले आगामी ६ हप्ताभित्र विश्वभरमा कोरोना संक्रमितको संख्या दोब्बर हुने चेतावनी दिएको छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गोब्रेयेससले कोरोना महामारीका विषयमा बिहीबार आपतकालीन कमिटी बनाउने बताएका छन्। कोरोना भाइरसका कारण स्वास्थ्य संकटकाल घोषणा भएको ६ महिना पूरा हुँदैछ। डब्ल्यूएचओले ३० जनवरीमा स्वास्थ्य संकटकाल घोषणा गरेको थियो।
Facebook Comment