स्पेनमा संक्रमितको संख्या बढ्यो, विश्वभर १ करोड ७० बढी संक्रमित

डिसी नेपाल
१५ साउन २०७७ ८:२७

काठमडौं। विश्वभरमा कोरोना भाइरस संक्रमितको संख्या १ करोवड ७० लाख २३ हजार ५६३ पुगेको छ। तीमध्ये १ करोड पाँच लाख ३६ हजार ८७५ उपचारपछि निको भएका छन् भने हालसम्म ६ लाख ६५ हजार ९०५ जनाको मृत्यु भएको छ।

यसैबीच स्पेनमा पछिल्लो २४ घण्टामा एक हजार १ सय ५३ जना नयाँ संक्रमित थपिएका छन्। ६ मेपछि यो संख्या हालसम्मकै उच्च हो। स्पेनमा हालसम्म ३ लाख २७ हजार कोरोना संक्रमित पुगेका छन्।

मेक्सिोकामा पछिल्लो २४ घण्टामा ७ हजार २ सय ८ जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय ५४ जनाको मृत्यु भएको छ। मेक्सिकोमा कोरोना संक्रमितको संख्या चार लाख भन्दा धेरै पुगेको छ।

उता इराकमा एकै दिनमा करिव तीन हजार संक्रमित थपिएका छन्। इराकमा कुल संक्रमितको संख्या २ लाख ९८ हजार ९०९ पुगेको छ भने हालसम्म १६ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *