अमेरिकी डलरको मूल्यमा वृद्धि हेर्नुहोस् आजको विनिमयदर
काठमाडौं। केही दिन यता स्थिर रहेको अमेरिकी डलरको मूल्य शुक्रबार एक्कासी बढेको छ। बिहीबार घटेको डलरको मूल्य शुक्रबार बढेको हो।
बिहीबारसम्म ११९ रुपैयाँ ३८ पैसामा कारोबार भएको डलर शुक्रबार भने ११९ रुपैयाँ ४५ पैसामा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ४५ पैसा, बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ।
त्यस्तै यूरोपिएन यूरो १ को खरिददर १४० रुपैयाँ ४६ पैसा, बिक्रीदर १४१ रुपैयाँ १६ पैसा रहेको छ ।यूके पाउन्ड स्र्टर्लिङ १ को खरिददर १५५ रुपैयाँ ४९ पैसा, बिक्रीदर १५६ रुपैयाँ २७ पैसा रहेको छ ।
सूइच फ्रान्स १ को खरिददर १३० रुपैयाँ ७३ पैसा,बिक्रीदर १३१ रुपैयाँ ३९ पैसा रहेको छ । अस्ट्रेलियन १ को खरिददर ८५ रुपैयाँ ४२ पैसा, बिक्रीदर ८५ रुपैयाँ ८५ पैसा रहेको छ।
साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८५ पैसा, बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १८ पैसा, बिक्रीदर २८ रुपैयाँ ३२ पैसा रहेको छ ।
यस्तै, कुवेत दिनार १ को खरिददर ३९० रुपैयाँ ६२ पैसा,बिक्रीदर ३९२ रुपैयाँ ५८ पैसा रहेको छ।
Facebook Comment