गण्डकी प्रदेशमा ८० प्रतिशतभन्दा बढी पुस्तक वितरण
पोखरा। जनक शिक्षा सामग्री केन्द्र गण्डकी प्रदेश कार्यालयले प्रदेश भित्रका जिल्लामा आवश्यकताको ८० प्रतिशतभन्दा बढी परिमाणमा पुस्तक बिक्री गरेको छ ।
सामुदायिक विद्यालयमा पठनपाठन गरिने पाठ्यपुस्तकको वितरण गर्दै आएको कार्यालयले वार्षिक रुपमा प्रदेशको नवलपुर जिल्ला बाहेकका १० जिल्लामा रु १० करोड बराबरका पुस्तक बिक्री गर्ने भण्डार प्रमुख शिवविलास पौडेलले जानकारी दिए। उनका अनुसार कार्यालयले पुस्तक बिक्रीका लागि सूचीकृत भएका १८२ बिक्रेतामार्फत सामाजिक दूरी एवम् सुरक्षा मापदण्ड कायम गर्दै जेठ ५ गतेदेखि यस शैक्षिक वर्षका लागि पुस्तक वितरण गर्न थालेको हो ।
प्रदेशअन्तर्गत हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङमा भने फागुन १ गतेदेखि नयाँ शैक्षिक वर्ष शुरु हुने भएका कारण त्यसअघि नै पुस्तक पु¥याइएको उनले बताए।
यसैबीच लायन्स क्लब अफ पोखरा चौतारीले आफ्नो स्थापनाको २३औँ वर्ष पुगेको अवसरमा वृक्षरोपण गरेको छ । क्लबले पोखरा महानगरपालिका–१० रामघाटस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा अमला, वर, पीपल, राजवृक्ष, अशोक, गुलमोहर, नीम, कल्की फूललगायत एक सय बिरुवा रोपेको हो । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै वातावरण संरक्षणमा योगदान पु¥याउने लक्ष्यका साथ वृक्षरोपण गरेको अध्यक्ष गुरुप्रसाद पौडेलले बताए। रासस
Facebook Comment