सरकारी प्रतिबन्धको विरोधमा जर्मनीमा प्रदर्शन, कोरोनाबाट धेरै मृत्यु हुनेमा मेक्सिको तेस्रो स्थानमा
काठमाडौं। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ७९ लाख १३ हजार ६७८ पुगेको छ। तीमध्ये १ करोड १२ लाख ६१ हजार ७६२ जना उपचारपछि निको भएका छन् भने ६ लाख ८५ हजार ९४४ जनाको मुत्यु भएको छ।
पछिल्लो समय मेक्सिोमा कोरोनाबाट संक्रमित र मृत्तुदर बढिरहेको छ। मेक्सिकोमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ हजार ६८८ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्यामा म्याक्सिकोले बेलायतलाई पछि पारेको छ। अमेरिका र ब्राजीलपछि मेक्सिको विश्वको तेस्रो मुलुक बनेको छ, जहाँ कोरोनाले सबैभन्दा धेरै मृत्यु भएको छ।
उता मेक्सिकोका राष्ट्रपति एंड्रेस म्यानुएल लोपेज ओबराडोले मुलुकबाट भ्रष्टाचार समाप्त भएपछि मात्र आफूले मास्क लगाउने बताएका छन्। उता कोरोना महामारी रोक्नका लागि जर्मन सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध विरुद्ध राजधानी बर्लिनमा शनिबार करिव १७ हजार मानिसले प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीका अनुसार जर्मनीमा कोरोना महामारीको अन्त्य भइसकेको छ। प्रदर्शनकारीले उक्त प्रदर्शनलाई ‘स्वतन्त्रताको दिन’ को संज्ञा दिएका छन्। जर्मनीमा हालसम्म २ लाख ८ हजार ६९८ जना संक्रमित पुगेका छन् भने ९ हजार १ सय ४१ जनाको मृत्यु भइसकेको छ।
Facebook Comment