उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उपत्यकाका तीन जिल्लामा ३१ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । उपत्यकाका संक्रमितको ठेगाना खुलाइएको छैन । आज देशभर २४६ जनामा कोरोना पुष्टि भएको छ।
प्रतिक्रिया
Facebook Comment