ठगि र मिटर ब्याजको आरोपमा दाङका गुन्डा नाइके पक्राउ

डिसी नेपाल
१९ साउन २०७७ १३:२७

काठमाडौं। ठगि र मिटर ब्याजको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले आइतवार साँझ गुण्डा नाइकेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपि गणेश चन्दले ठगि र मिटर ब्याज गुण्डागर्दी गरेको आरोपमा घोराही बजारवाट घोराही निवासि वावु पुनलाई पक्राउ गरेको जानकारी दिए।

उनले जिल्ला प्रहरी कार्यालय दाङमा पुन विरुद्ध उजुरी परेपछि पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि प्रवक्ता सुमित खड्काले बताए। डिएसपि खड्काले पक्राउ परेका पुनमाथि घटना वारे अनुसन्धान भइरहेको जानकारी दिए।

ठगि र मिटर ब्याज वारे उजुरी परेपछि प्रहरीले घोराही बजारवाट वावु पुनलाई समातेर ल्याएका छौ, उजुरीमाथि अनुसन्धान प्रहरीले गरीरहेको छ खड्काले भने कानुन विपरीतका कामहरुमा प्रहरीको निगरानि गरीरहेको छ। डिएसपि खड्काले प्रहरीमा पुनको ब्याकग्राउण्ड राम्रो नरहेको र विभिन्न गुन्डागर्दी अपराधजन्य घटनाहरुमा संलग्न रहेको देखीएको पनि बताए।

गुन्डा नाइके विकास पुनको ग्याङवाट छुट्टीएर पुनले आफै ग्याङ बनाएर धम्क्याउने गर्दै आएका थिए । तत्कालिन दाङका एसपि हालका डिआइजि धिरजप्रताप सिँहको कार्यकालमा दाङको गुन्डागर्दि पुरै नियन्त्रणमा ल्याएका थिए ।

ढुङ्गा, गिट्टी र धम्क्याउने गुन्डानाइके विकास पुन र वावु पुनको पेशा वनिसकेको प्रहरीले दावी गरेको छ। विकास पुन ज्यानमार्ने उद्योगमा पाँच वर्ष जेल सजाय तोकेपछि सर्वोच्च अदालतमा मुद्धा खेपिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *