उपत्यकामा ५१ सहित २४ घण्टामा ४१८ संक्रमित थपिए

डिसी नेपाल
१९ साउन २०७७ १६:४८

काठमाडौं। पछिल्लो २४ घण्टामा ४ सय १८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सरकारले लकडाउन खोलेपछिको सबैभन्दा बढी संख्यामा कोरोना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ७ सय ३२ जनाको देशका विभिन्न अस्पतालहरुको आइसोलेसनमा उपचार भइरहेको छ। १४ हजार ९ सय ६१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएर घर फर्किसकेका छन्। जम्मा कोरोना संक्रमितको संख्याको ७२.१ प्रतिशत संक्रमण मुक्त भएका हुन्।

सोमबार सुनसरीका ५ जना, झापाका ४ जना, मोरङका ४६ जना, सिराहा ३ जना, सप्तरीका ५१ जना, सर्लाहीका २ जना, मोहोत्तरीका ३१ जना, धनुषाका ३० जना, बाराका ४ जना र पर्साका ७१ जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै, भक्तपुरका ५ जना, काठमाडौंका ४३ जना, ललितपुर ३ जना, कैलालीका ३५ जना, कञ्चनपुरका १६ जना, रसुवाका १ जना, रौतहटका २ जना,  चितवन १ जना, गुल्मीका १ जना, दोलखा १ जना, कास्कीका ८ जना, स्याङ्जा १ जना, रुपन्देही १ जना, बाँके ८ जना, बर्दिया १ जना, दाङका १ जना, कैलालीका ३२ जना, सुर्खेतका २ जना, दैलेखका २ जना, रुकुम (पश्चिम)का २ जना र अछामका ४ जनामा कोरोना संक्रमण देखिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *