कोरोना संक्रमित बढेपछि विभिन्न स्थानीय तहमा निषेधाज्ञा

डिसी नेपाल
१९ साउन २०७७ १७:३९

काठमाडौं। सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसँगै दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको लकडाउन अन्त्यपछि सोमबार सबैभन्दा धेरै ४१८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

सोमबार कोरोना संक्रमित हुनेहरु मध्ये सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि, पत्रकार र फ्रन्टलाइनमा काम गर्नेहरु रहेका छन्। त्यसैले सोमबार देशका विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ।

कोरोना संक्रमित बढेपछि प्रदेश नम्बर २ को सप्तरीमा सोमबार निषेधाज्ञा जारी गरिएको छ। पर्सामा आइतबार नै निषेधाज्ञा जारी गरिएको थियो। उता प्रदेश नम्बर ५ को नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी र केही जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाको कार्यालय सिल गरिएको छ।

सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना नियन्त्रणबारे केही निर्णय गर्न सक्ने अनुमान गरिएको छ। सरकारले यही साउन ६ गते लकडाउन अन्त्यको घोषणा गरेको थियो। लकडाउन घोषण गर्नुअघि एकहप्ता पहिलादेखि सरकारले कोरोना परीक्षणको संख्या घटाएको थियो। त्यतिबेला ३ हजारको हारहारीमा परीक्षण गरेर सरकारले कोरोना संक्रमितको संख्या घटेको दावी गर्दै लकडाउन हटाएको थियो।

लकडाउन हटेको घोषणापछि पुनः परीक्षणको संख्या बढाएसँगै संक्रमित पनि बढेका छन्। हाल ११ हजारको हारहारीमा दैनिक परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *