कोरोना नियन्त्रण कसरी गर्ने? विज्ञले दिए मिश्रित सुझाव

डिसी नेपाल
२० साउन २०७७ १७:५३

काठमाडौं। सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विपक्षी दलका नेतालगायत विज्ञहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफल साढे ४ घण्टा चलेको थियो। छलफलमा विज्ञहरुले दुई किसिमको सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए। उनका अनुसार विज्ञहरुले ‘विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन्।’

विज्ञहरुबाट दुई किसिमका सुझाव आएपछि प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारी व्यवस्थापन सञ्चालन सेन्टर (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर आवश्यक निर्णय तयारी गरेका छन्।

प्रेस सल्लाहाकार थापाले भने, ‘निष्कर्षमा प्रधानमन्त्रीज्यूले विभिन्नखाले सुझावहरू आएकोमा सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने तथा सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने उल्लेख गर्नुभयो।’

मंगलबार छलफलमा केही विज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् भने केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सुझाएका छन्।

काठमाडौं । कोरोनाभाइरस संक्रमित धमाधम थपिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका छन् । सो क्रममा विज्ञहरुले प्रधानमन्त्रीलाई दुईथरीका सुझाव दिएका छन् । केही विज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् भने केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सुझाएका छन् ।

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए। उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै छलफलमा विभिन्न मोडालिटीबारे सुझाव दिइएको उल्लेख गरे। उनले लकडाउनमात्र कोरोना नियन्त्रणको उपाय नभएको भन्दै अन्य हिसाबले पनि कोरोना नियन्त्रण गर्न सकिने बताए। परीक्षणको दायारा बढाउनेदेखि, मानसहरुमा व्यापाक जनचेतना जगाउनुपर्ने, सुरक्षित भएर काम गर्नुपर्नेलगायतका सुझाव दिइएको बताए।

छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ७ बुँदे सुझाव दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले लिखित सुझाव नै्र दिएको काँग्रेसले जनाएको छ। काँग्रेसले लकडाउन पुनः लगाउने वा नलगाउने भन्नेमा स्पष्ट सुझाव भने दिएको छैन। काँग्रेसको मुख्य सुझाव परीक्षणको दायारा बढाउने, आवश्यक औशधि, भेन्टिलेर, आईसीयूको व्यवस्था गर्ने र जनचेतना जगाउने छ।

सरकारले यही साउन ६ गते चार महिना लामो लकडाउन अन्त्य भएको घोषणा गरेको थियो। त्यसयता करिब २७ सय संक्रमित थपिएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ। त्यसैले लकडाउन फेरि गर्नु पर्ने आवाज पनि उठिरहेको छ। तर, केहीले भने लकडाउन फेरि लगाउँदा कामगरी खाने वर्ग भोकै मर्ने भन्दै लकडाउन गर्न नहुने बताइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *