प्रचण्डलाई वामदेवको जवाफ : ठूलो सानो कुनै गुटमा लाग्दिन
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभएको स्पष्ट पारेका छन्। गौतमले आफ्नो सचिवालयमार्फत यस्तो स्पष्ट पारेका छन्। मंगलबार प्रचण्ड वामदेवलाई भेट्न भैंसेपाटी पुगेका थिए।
वामदेवका सहयोगी विश्व मणि सुवेदीले यसबारेमा आफ्नो फेसबुकमा लेखेर थप स्पष्ट पारेका छन्। प्रचण्ड र गौतमको भेटलाई निकै अर्थपूर्ण हेरिएको छ। प्रचण्ड, माधव नेपालको गुटबाट बाहिरिएर एकाएक अर्का अध्यक्ष केपी ओलीको गुटमा गएपछि मंगलबार प्रचण्ड भैंसेपाटी गएर गौतमलाई भेटेका थिए।
उक्त भेटबाट निकै टीकाटिप्पणी भइरहेको छ। सुवेदीले लेखेका छन्, ‘उक्त भेटमा अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतमसँग पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी गर्नुभएको हो।’ उनले भेटबारे निकै टिकाटिप्पणी भएपछि यसबारे उनको सचिवालयको तर्फबाट स्पष्ट पनि पारेका छन्।
उक्त भेटमा दाहालले ‘अब तपाई के गर्नुहुन्छ ?’ भनि सोधेको र जवाफमा गौतमले ‘म ठूलो–सानो कुनैपनि गुटमा लाग्दिन्’ भनेका थिए । उपाध्यक्ष गौतमका सहयोगी विश्वमणि सुवेदीले गौतमको धारणा सामाजिक सञ्जाल फेशबुकमार्फत सार्वजनिक गरेका छन्
Facebook Comment