सर्वोच्च अदालतमा पनि कोरोनाको प्रवेश

डिसी नेपाल
२१ साउन २०७७ १९:०१

काठमाडौं। सर्वोच्च अदालतका एकजना कर्मचारी कोरोना संक्रमित भएका छन्। बुधबार आएको परीक्षण रिपोटएमा एकजना कोरोना पाजेटिभ देखिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘यहाँका २८० जनाको कोरोना परीक्षण भएको थियो। एकजनाको पाजेटिभ रिपोर्ट आएको छ।’ उनले सर्वोच्चकै एकजना कोरोना पाजेटिभ देखिए पनि सर्वोच्चको सेवा भने तत्कालन नरोकिने बताए। उनले भने, ‘तत्कालन सेवा रोकिनेबारे केही निर्णय भएको छैन। आवश्यक पर्यो भने केही निर्णय हुनसक्छ।’

हालै उच्च अदालत धनुषाका एकजना न्यायाधीशसमेत कोरोना संक्रमित भएका थिए। उनी उपचारमै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *